काठमाडौँ, शुक्रबार, २ साउन २०७७ । विश्व हिन्दु सेनाले भारतमा रहेका एक नेपाली युवाको कपाल खौरी दिएका छन् । केही दिन पहिला प्रधानमन्त्रि केपी शर्मा ओलीले अयोध्या नेपालमा रहेको र राम नेपाली भएको अभिब्यक्ति विरुद्ध विश्व हिन्दु सेनाले नेपाली माथि आक्रमण शुरु गरेको हो ।

उनीहरुले नेपाली युवाको कपाल खौरीएर जय श्री राम समेत लेखीदिएका छन । उनीहरुले भारतको असि घाटमा एक नेपाली युवालाई पक्रिए यस्तो अमानविय कार्य गरेका हुन् । उनीहरुले प्रधानमन्त्रि केपी शर्मा ओली विरुद्ध केपी ओली मुर्दावाद र जय श्री रामको नारा लगाउन लगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नेपाली युवाको कपाल खौरीएको र प्रधानमन्त्रि ओली विरुद्ध लगाउन लागइएको नाराको भिडियो भाइरल भएको छ । उक्त अमानविय कार्य विरुद्ध भेलुपुर थानामा हिन्दु सेनाका राष्ट्रिय अध्यक्ष अरुण पाठक विरुद्ध केस दर्ता गराइएको छ । प्रहरीले यसको निष्पक्ष छानविन गर्ने दोसीलाई कारवाही गर्ने बताएको छ ।

वाराणसीमा उनीहरुले गंगा घाटा सहित पशुपति नाथा मन्दिरको फोटोमा प्रधानमन्त्रि ओलीलाई आफनो बोली फिर्ता लिन चेतावनी दिइएको छ । उनीहरुले गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी दिदै वाराणसीमा रहेका नेपाली नागरीकको लागी पनि परिणाम भोग्नु पर्ने बताएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्