गोरखा, शुक्रबार, १२ मङ्सिर २०७७ । बुहारी संयुक्त आवाज गोरखाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । मेची महाकाली बुहारी संयुक्त आवाज गोरखाले महोत्तरीको बर्दिबासकी ६ बर्र्षिया बालिका हत्याको घटनाको निस्पक्ष छानबिन गरि दोषी माथि कडा कारबाहीको माग गरेको छ ।

समाजकी जिल्ला संयोजक सपना पुनको नेतृत्वको टोलीले आज गोरखाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै घटनाको निस्पक्ष छानबिन गरि दोषी माथि कडा भन्दा कडा कारबाहीको माग गरेको हो ।

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा घटनामा संलग्नलाई कारवाही सुनिश्चित नभए मेचीकाली बुहारी संयुक्त आवाजले सर्घषको गर्ने चेतवनी समेत दिइएको छ । ‘ नेपालको बिद्यमान कानुन र प्रशासनिक व्यवहार अझै पिडित मैत्री देखिएन, प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘बरु पिडक मैत्री देखियो किन भने हरेक हत्या र बलात्कारको घटनामा अपराधीले उन्मुक्ती पाउने र पिडितको पक्षमा न्यायका लागि रुदै सडकमा हिड्नु परेको अबस्था छ ।’

अझै पनि अपराधीहरुले पहुँच र पैसाको भरमा उन्मुक्ति पाउनु दुर्भाग्यपूर्ण अबस्था रहेको आवाजले प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्र बुझ्दै गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले मेची महाकाली बुहारी संयुक्त आवाजले उठाएको मागको उचित सम्बोधन हुनुपर्ने भन्दै दोषी माथि कारबाहीका लागि आफ्नो ठाउबाट पहल गर्ने बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्