दमौली, बुधबार, १७ मङ्सिर २०७७ । बुल्दी पुल उद्घाटन वि’वादमा प्रह’रीसँग भएको झ’डपमा परी संविधान सभा सदस्य रामचन्द्र पोखरेलसहित तीन कां’ग्रेस नेता घाइते भएका छन् । संविधान सभा सदस्य पोखरेललाई प्रहरीले तीन पटक ला’ठी प्रहार गरेको कां’ग्रेस सचिव विश्व बाँस्तोलाले जानकारी दिए ।

यसैगरी कां’ग्रेस सचिव लक्ष्मी आचार्य तथा महासमिति सदस्य रामचन्द्र अधिकारी पनि घा’इते भएका छन् । घाइते तीनै जनाको रत्नहरि अस्पताल दमौलीमा उपचार भैरहेको छ । सचिव आचार्यको टाउकोमा चोट लागेको र महासमिति सदस्य अधिकारीको ढाड र खुट्टामा चोट लागेको सचिव बाँस्तोलाले बताए

कां’ग्रेस वरिष्ठ नेता पौडेलसहित झण्डै आधा दर्जन नेता का’र्यकर्ता पक्राउ परेका छन् । कार्यवाहक सभापति जितप्रकाश आले, नेविसंघका गौरव पन्थ, सुनिल श्रेष्ठसहितका कार्यकर्ता पक्राउ परेको कां’ग्रेसले बताएको छ ।

यस अघि उद्घाटनको विरोधमा प्रशासन घेराउमा पुगेका युवा संघ जिल्ला संयोजक ईश्वर बस्यालसहित युवा संघका सह संयोजक भगवान श्रेष्ठ, नेता बादलआले लगायत प्रहरी नियन्त्र’णमा छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्