गोरखा, सोमबार, १६ मङ्सिर २०७७ । बुढीगण्डकी जलबिद्युत आयोजना राष्ट्रिय सरोकार समितिले बिभिन्न माग सहित भोलीदेखि आयोजनाको कार्यालय गोरखाको ध्याल्चोक स्थित सिउरेनीटारमा धर्ना दिने भएको छ ।

सरोकार समितिले डुवान क्षेत्रका मुआब्जा दिन बाकी रहेका जग्गाको तत्काल मुआब्जा बितरण गर्न, घरगोठ र बोटबिरुवाको लगत सार्वजनिक, दररेट निर्धारण र मुआब्जा बितरण लगायतको माग गर्दै धर्नाको कार्यक्रम सार्वजनिक गरेको हो ।

समितिले भोलिदेखि मंसिर २४ गतेसम्म बुढी गण्डकी आयोजनाको बाताबरण, मुआब्जा पुर्नवास तथा पुनस्थापन इकाइ कार्यालय बाहिर धर्ना दिने संयोजक हरेराम ढकालले जानकारी दिनुभयो ।

सरोकार समितिले ऐलानी जग्गामा बसोबास गर्ने व्यक्तिहरुलाई मन्त्रिपरिष्दको निर्णय अनुसार मापदण्ड बनाएर तत्काल मुआब्जा दिन, सिमानामा परेको भनी मुआब्जा रोक्का गरिएको जग्गाको मुआब्जा बितरण गर्न, छुट दर्ता भएका जग्गाको मुआब्जा दिन, अन्य घर तथा बस्ती क्षेत्र र साहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा निर्धारण समितिले निर्धारण गरे बमोजिकम प्रतिरोपनी ७ लाख ७३ हजार रुपैया उपलब्ध गराउन पनि माग गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्