रियाद । नयाँ वर्ष २०७५ को आगमन सँगै साउदी अरबको राजधानी रियादमा सृजना साँस्कृतिक समुह द्वारा बिभिन्न साँस्कृतिक कार्यक्रम सहित नयाँ बर्ष भब्यरुपमा मनाईने भएको छ। सो कार्यक्रम यहि आउदो १३ अप्रिल २०१८ शुक्रबार रियादको १८ नम्बर एक्जिक ईस्तारामा हुने भएको छ।

प्रवासमा रहेर पनि नेपाली कला संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने सिद्दान्तले स्थापना भएको सृजना सास्कृतिक समूह द्वारा नेपाली नयाँ बर्ष २०७५ को उपलक्ष्यमा आयोजित उक्त कार्यक्रमको मुख्य उदेश्य सम्पुर्ण नेपाली हरुमा नेपाली नयाँ वर्षको महत्व कति छ भन्ने सन्देश प्रवाह गर्ने रहेको छ।साथै यस कार्यक्रममा साउदी अरबमा रहेका ख्याति प्राप्त कलाकार हरुको साँस्कृतिक प्रस्तुती, नृत्य, प्रहशन र साहित्यकार हरुको बेजोड साहित्यिक प्रस्तुति पनि रहने छ ।

कार्यक्रममा गायकहरु रविन सुब्बा, मेन्दोमाया तामाङ् सेलो गायक रोम लामा, चर्चित गायक दिपक बि.क. गायक टिक गुरुङ्, लोक दोहोरि गायक गुप्त वि.क, जितेन पाख्रिन लगायतले प्रस्तुती दिने छन भने साउदीमा रहेर पनि नेपाली मैलिकता झल्काउने बाँसुरी बादक द्वोय यज यात्री र हेमराज को पनि प्रस्तुती रहने छ ।

कार्यक्रमको बारेमा कुरा गदै समुहका अध्यक्ष विज्ञान राईले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन। साथै उनले नेपालीहरु आफ्नो नयाँ वर्ष भन्दा पनि अंग्रेजी नयाँ वर्ष प्रति बढी आकर्षित हुदैगएकोले प्रदेशमै भए पनि कार्यक्रम गरेर नयाँ बर्ष मनाउने निर्णय गरेको जानकारी दिए। त्यसतै साउदीमा रहेका सबै नेपाली हरुलाई मिडिया मार्फत उपस्थितीको लागि आग्रह पनि गरे ।

कार्यक्रमको प्रायोजन युनाईटेड रेमिट र ढाका मेडिकल हल रियादले गर्ने भएका छन।by Om Pandey

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्