कार्तिक ९

बाग्मती अञ्चलको मोटरसाइकल दर्ता आजदेखि खुल्ने भएको छ । यसअघि अञ्चलका नाममा दर्ता भएका मोटरसाइकल मन्त्रिपरिषदले प्रदेशको नाममा दर्ता गर्ने निर्णय गरेपछि आजदेखि दर्ता खुल्ने भएको हो ।

मन्त्रिपरिषद्को निर्णय हिजो राजपत्रमा प्रकाशित भएपछि आजदेखि बाग्मती अञ्चलका मोटरसाइकल प्रदेशका नामबाट दर्ता हुने यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

नयाँ व्यवस्था अनुसार अगाडि र पछाडि दुबै नम्बर प्लेटको माथिल्लो लाइनको सुरूमा गाडी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि प्रदेश भित्रको यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक हुनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्