काठमाडौं, सोमबार, १२ असोज २०७७ । नेपाली कांग्रेसले महिला हिंसा, बलात्कार र हत्याका बढ्दो घटना निरुपण र निराकरणका लागि गम्भीर पहलकदमीका लागि सरकारसँग अपिल गरेको छ ।

प्रवक्तासमेत रहेका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले सोमबार प्रेस विज्ञप्ति जारी गरेर महिला हिंसा, बलात्कार र हत्याका बढ्दो घटना निरुपण र निराकरणका लागि गम्भीर पहलकदमीका लागि सरकारलाई अपिल गरेका हुन् ।

“पछिल्लो दुई महिनामा देशको विभिन्न भागमा बलात्कारका घटना व्यापक वृद्धि भएको तथ्यलाई गम्भीरतापूर्वक लिएर सचेतना, सुरक्षा, गहिरो अनुसन्धान र दोषीलाई कार्वाहीको प्रक्रियामा तदारुकता प्रस्तुत गर्न नेपाली कांग्रेस संघीय सरकारलाई आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्