काठमाडौं, २६ कात्तिक २०७६ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय सद्भावना भ्रमणमा अज काठमाडौं आइपुग्नु भएको छ ।

दिउसो १ बजेर १५ मिनेट जाँदा हमिद नेपाल आइपुग्नु भएको हो । उहाँको स्वागतका लागि राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ‌ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना त्रिभुवन विमानस्थलमा स्वागत गर्नपुग्नु भएको थियो ।

हमिदको ले ५२ सदस्यीय टोलीको नेतृत्वको गर्दै काठमाडौं आउँनु भएको हो । हमिदले बुधबार दिउसो राष्ट्रपति भण्डारीसमक्ष भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

त्यसैगरी हमिदले भ्रमण सम्पन्न गरी कात्तिक २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।