फ्रान्स, शुक्रबार, ३० असोज २०७७ । फ्रान्समा बिहीबार (१५ अक्टोबर) एकै दिन ३०,६२१ जनामा कोरोना भाइ’रस सङ्क्र’मण पुष्टि भएको छ । बुधबार पनि एकै दिन थप २२,५९१ जनामा सङ्क्र’मण पाइएको थियो ।

यसरी पछिल्लो चरणमा एकाएक सङ्क्र’मण बढेपछि फ्रान्स सरकारले राजधानी पेरिससहित देशभरका विभिन्न नौ वटा शहरमा रात्रीकालीन क’र्फ्यू लगाउने निर्णय गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्र’मणबाट मानिसहरूको ज्यान जोगाउनका लागि कडा कदम चाल्नु आवश्यक रहेको बताउँदै आएको छ । कोरोनाको ‘दोस्रो लहर’माथि मध्यनजर गर्दै युरोपमा नयाँ गाइडलान्स अवलम्बन गर्न नागरिकहरूसँग अपिल गरिएको छ । यसैअन्तर्गत फ्रान्समा क’र्फ्यू शुरु गरिएको बीबीसीले जनाएको छ ।

लण्डनको आसपास इलाकामा कोभिड अलर्ट जारी गरिएपछि शनिबारदेखि लण्डनमा पनि ‘इनडोर सोसिअल प्रोग्राम’ हरूमा प्रतिबन्ध लगाइएको छ ।

फ्रान्स, इटली, पोल्याण्ड, जर्मनी जस्ता देशमा बिहीबार ठूलो मात्रामा परी’क्षण शुरु गरिएपछि एकै दिनमा सबभन्दा धेरै सङ्क्र’मणको मामला देखिएको बताइएको छ ।

बताइएअनुसार रूसमा पनि बिहीबार २८६ जनाको कोरोनाका कारण मृ’त्यु भएको छ । कोरोना महामारी फैलिएपछि रुसमा एकै दिन यतिका सङ्ख्यामा मानिसको मृ’त्यु भएको यो पहिलो घटना हो । डब्लुएचओका अनुसार यतिबेला युरोपमा दिनहुँ सरदर एक हजारभन्दा धेरै मानिसको मृ’त्यु भइरहेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले कडा प्रतिबन्धको घोषणा गर्दै शनिबारदेखि पेरिसलगायतका नौ वटा शहरमा राति नौ बजेदेखि बिहान ६ बजेसम्म मानिसलाई घरबाट निस्कन प्रतिबन्ध लगाएका छन् । रात्रीकालीन यो क’र्फ्यू कम्तीमा एक महिना कायम रहने बताइएको छ ।

राष्ट्रपति म्याक्रोनले कोरोना पोजेटिभको दैनिक सङ्ख्या लगभग तीन हजारमा नझरेसम्म क’र्फ्यू जारी रहन सक्ने सङ्केत गरेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्