काठमाडौँ, २२ मंसिर २०७६ । नेपाल १३‍‍ औं दक्षिण एशियाली खेलकुद प्रतियोगीताको फाइनलमा प्रवेश गरेको छ ।

आज आइतबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन नेपालले फाइनलको यात्रा तय गरेको हो ।

सागमा नेपालको योसहित छैटौ पटकको फाइनल प्रवेश गरेको हो। अघिल्लो वर्ष नेपालले भारतलाई हराउँदै फाइनल जितेको थियो ।

नेपालको जितका लागि सुनिल बलले खेलको १०‍ औ मिनेटमा गोल गर्न सफल भएका थिए ।

अब नेपालले उपाधि हासिल गर्नका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको अन्तिम मिनेटका बंगलादेशका कप्तान जमाल भुयानले रातो कार्ड पाएका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्