काठमाडौँ, मंगलबार, २० साउन २०७७ । सरकारले कोरोना संक्रमणको गम्भीर बिरामीमा प्लाज्मा थेरापी विधिबाट उपचार गर्न अनुमति दिएको छ। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १५ वटा अस्पताल तोकेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार तीन वटा निजीसहित १५ वटा अस्पताललाई उक्त विधिबाट संक्रमितको उपचार गर्न स्वीकृति दिएको जानकारी दिएको छ । अनुमति पाउने निजी अस्पतालहरूमा मेडिसिटी, ग्रान्डी र ह्याम्स अस्पताल छन्।

यस्तै, परिषद्का अनुसार सरकारी अस्पतालहरूमा उपत्यकाको काभ्रेस्थित धुलिखेल अस्पताल, त्रिवि शिक्षण अस्पताल–महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल अस्पताल–टेकु, भक्तपुर अस्पताललाई उपचारका लागि अनुमति दिइएको छ । उपत्यकाबाहिर बीपी कोइराला स्वास्थ्य विज्ञान संस्थान–धरान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान–जुम्ला, नेपालगञ्ज मेडिकल कलेज, कोशी अस्पताल बिराटनगर, नारायणी अस्पताल बिरगञ्ज, भेरी अस्पताल र सेती अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्न पाउनेछन् ।

आइतबार नेपालमा पहिलो पटक त्रिवि शिक्षण अस्पतालमा कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट एक जना कोरोना सङ्क्रमितको उपचार गरिएको थियो ।

नेपालमा पहिलो पटक प्लाजा थेरापीबाट कोरोना संक्रमितको सफल उपचारकुनै पनि रोगविरुद्ध प्रतिरोधी क्षमता एन्टिबडी विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाइ रोगसँग लड्न सक्ने बनाउनु नै प्लाज्मा थेरापी हो ।

प्लामा मानिसको रगतमा पाइने एक किसिमको तरल पदार्थ हो । प्लाज्माले शरीरलाई प्रोटिन पुर्‍याउने काम गर्छ ।

विश्वमा कोरोना सङ्क्रमणका कारण गम्भीर बिरामी परेकाहरुलाई प्लाज्मा थेरापीमार्फत उपचार गरिँदै आइएको छ । नेपालमा भने कोरोना सङ्क्रमितमा लक्षण नै नदेखिएकाले यो विधि प्रयोग गरिएको थिएन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्