काठमाडौं, मंगलबार, ९ मङ्सिर २०७७। महोत्तरीकाे बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको बला’त्कारपछि ह’त्या गरेको विरोधमा भएको प्र’दर्शनलाई नियन्त्रण लिने क्रममा प्रहरीले गो’ली चलाएको छ ।

प्रहरीको गो’ली लागेर तीनजना प्रद’र्शनकारी घा’इते भएका छन् । घा’इते हुनेहरुमा बर्दिबास बस्ने ३५ वर्षीय संजय भनिने बुद्धिराज न्यौपाने, अफताब आलम र श्याम कार्की रहेको प्रहरीले जनाएको छ ।

घाइते न्यौपानेको ति’घ्रामा, आलमको टाउकोमा गो’ली लागेको छ । उनीहरुको बर्दिबासस्थित पिनायक हस्पिटलमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं रिफर गरिएको हस्पिटलका एक चिकित्सकले जानकारी दिए ।

आइतबार बेलुकादेखि बेपत्ता भएकी शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति झाडीमा बोरामा खाँदेको अवस्थामा फे’ला पारेको थियो ।

बालिका ह’त्या आरोपमा प’क्राउ परेका स्थानीय २५ वर्षीय अरुण कुमार साहले आरोप स्विकारिसकेको प्रहरीले जनाएको छ । यस्तै, आ’क्रोशित बनेका स्थानीयले साहको घरमा समेत आ’गो लगा’इदिएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्