गोरखा, आइतबार, १४ मङ्सिर २०७७ । प्रसिद्ध धर्मिक स्थल मनकामना मन्दिर खुलाउन माग गर्दै नेपाल बिधार्थी संघ गोरखाले ध्यानकर्षण गराएको छ ।

नेपाल बिद्यार्थी संघ शहिद लखन गाउँपालिका इकाई समितिले आज गोरखाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै मन्दिर खुल्ला गर्न पहल गर्न माग गरेको हो ।

इकाईले प्रजिअ तिर्थराज भट्टराईलाइ ज्ञापन पत्र बुझाउदै ‘बन्दाबन्दीले शहिद लखन भित्रको मठ, मन्दिर, चर्च, गुम्बा, मस्जिद लगायतका अन्य धार्मिक स्थलहरु बन्द हुदा स्थानीयको रोजीरोटी समेत गुमेको भन्दै आवश्यक सुरक्षाको मापदण्ड पालना गर्ने गराउने गरि यस क्षेत्रको धार्मिक मनकामना मन्दिर लगायतका सबै धार्मिक स्थलहरु नियमित सञ्चालनमा ल्याउन माग गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्