बार्सिलोला, २७ भदौ २०७५ । प्रवासी नेपाली एकता मञ्च स्पेनको आयोजनामा एकताको पहिलो कार्यक्रमस्वस्प नेपालीहरुको महान पर्ब हरितालिका तीज भब्य रुपमा मनाइएको छ ।

तीजको अवसर पारेर स्पेनको पर्यटकीय नगरी बार्सिलोनामा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको आयोजक हेम शेर्पाले बताउनुभयो ।

उक्त कार्यक्रमलाई गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, यूरोप क्षेत्रीय सहसंयोजक एकराज गिरी, एनसिसी कार्यसमिति, अतिथि कलाकारमा रीता केसी, तुलसी सिवाकोटीका साथै अन्य स्थानीय कलाकारहर र स्पेनस्थित विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो ।

नेपाली जहाँ रहे पनी नेपालको संस्कृतिलाई जिवन्त राख्नुपर्छ भन्ने मान्यता राखी कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्