काठमाडौँ, १७ असोज २०७६ । नेपाली कांग्रेसका नेता गगन थापाले कानूनी प्रक्रियालाई बन्धक बनाउने अधिकार कसैलाई छैन  भनी अभिब्यक्ति दिएका छन ।

नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो फेसबुकमा पोष्ट गर्दे भनेका छन् :

प्रधानमन्त्रीज्यू,

महरा प्रकरणमा कुनै तजविज नराखी अविलम्ब कानून बमोजिम छानबिन प्रक्रिया अगाडि वढाइयोस् ।

कानूनी प्रक्रियालाई बन्धक बनाउने अधिकार कसैलाई छैन । यो प्रकरण सामसुम बनाउन सकिन्छ भन्ने नठान्नुहोला । सरकारको लाचारी कै कारण लोकतन्त्रको सुन्दर चित्रमा कालो  धब्बा लाग्न दिने छैनौं ।