काठमाडौँ, २२ पौष २०७५ । प्राधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले दिउँसो १ बजेपछि बस्ने संघीय संसद्काे बैठकमा सम्बोधन गर्ने तय भएको उनको निजी सचिवलयले जानकारी दिएको छ । यस्तै संसद सचिवालयले पनि सम्बोधनको तयारी भएको पुष्टि गरेकाे छ ।
प्रधानमन्त्री ओलीले गएको बिहीबार नै संसदमा सम्बोधन गर्ने तयारी थियो, तर अन्तिम समयमा आएर कार्यव्यस्तता भन्दै ओलीको सम्बोधन स्थगित भएको थियो ।