काठमाडौ, शनिबार, १३ मङ्सिर २०७७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज शनिबार १ बजे बस्दैछ । बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ ।

आजको बैठकमा अध्यक्ष ओलीले पनि प्रचण्डलाई काउन्टर दिन राजनीतिक प्रस्ताव पेश गर्ने बताइएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार राजनीतिक प्रस्ताव तयारी अवस्थामा रहेकाले आजको बैठकमा पेश हुने जानकारी दिए । यसअघि मंसिर ३ गते बुधबार बसेको सचिवालय बैठक १० दिनपछि पुनः बस्न लागेको हो । ३ गतेबसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १९ बुँदे लामो प्रस्ताव पेश गर्नुभएको थियो ।

तर, सो प्रस्ताव दुवै अध्यक्षको सहमतिमा नआएकाले त्यसलाई आधिकारिक प्रस्ताव भनिएको छैन । अर्का अध्यक्ष केपी शर्मा ओलीले सो प्रस्तावलाई आरोपपत्रको संज्ञा दिनुभएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्