काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगेका छन् ।

उनले महाराजगंज पुगेर ओलीको स्वास्थ्य अवस्थाको जानकारी लिए।

छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा कम भएपछि अस्पताल पुर्याइएका प्रधानमन्त्री ओलीलाई भेट्न देउवा पुगेका हुन्।

प्रधानमन्त्री ओलीलाई भेट्न यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाललगायत मन्त्री तथा नेताहरु अस्पताल पुगेको थिए ।

छातीमा समस्या देखिएपछि सोमबार विहान त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा निकै सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

आइतबारको मन्त्रीपरिषद्मा बैठकमा करिव १० मिनेट सहभागी भएका प्रधानमन्त्री ओलीलाई खोकी तथा ज्वरो चापेपछि सोमबार विहान ३ बजे अस्पताल लगिएको थियो।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्