काठमाडौं, २ माघ २०७६ । प्रधानमन्त्रीले MCC माथी उठेका संवेदनशील प्रश्नहरुलाई प्रष्ट पार्न सक्नु पर्छ ।

नेता प्रदीप पौडेल भन्नुहुन्छ, एकातर्फ MCC बारे देशभित्र जनमत विभाजित छ, “षड्यन्त्रको सिद्दान्त” नै बहस गर्ने गतिलो आधार भएको छ भने अर्कोतर्फ जनताले राष्ट्रिय स्वाधिनतालाई लिएर स्वभाविक चिन्ता व्यक्त गरिरहेका छन् ।

सरकारको नेतृत्वकर्ता प्रधानमन्त्रीले MCC माथी उठेका संवेदनशील प्रश्नहरुलाई लिएर आफ्नै पार्टीका जिम्मेवार नेताहरुलाई समेत प्रष्ट पार्न सक्नुभएको छैन ।

यस्ता विवादका विषयमा प्रतिपक्ष र आम जनतालाई प्रष्ट पार्नुपर्छ भन्ने त उहाँलाई कहिल्यै लाग्दैन । आफुखुसी अर्थ लगाउँदै हिँड्ने,जनतालाई थप दिग्भ्रमित पार्ने र आफ्नो स्वार्थको रोटी सेक्ने गतिविधि जो कसैले गरेपनी शोभनीय छैन । हुनुपर्ने यी विषयमा खुला र पूर्वाग्रहरहित बहस हो तर सरकारकै गैह्रजिम्मेवारीका कारण अहिले अस्वस्थ आरोप/प्रत्यारोप चलिरहेको छ । अहिलेको भुमण्डलिकृत संसारमा वैदेशिक लगानी अस्विकार गर्न सकिँदैन संगसङ्गै त्यस्तो लगानीको केन्द्रमा राष्ट्रिय हित हुनैपर्छ ।

त्यसैले यो सरकार जनताप्रती जिम्मेवार हो भने तत्काल विवादित विषयमा जनतालाई प्रष्ट पारोस, नेता पौडेल भन्नुहुन्छ ।