काठमाडौं, १२ कात्तिक २०७६ । हाल सातवटै प्रदेशमा पोषणको स्थिति कमजोर भएकाले ६२ जिल्लाका ६१० स्थानीय तहमा ती कार्यक्रम सञ्चालनमा छन् ।

आयोगका प्रवक्ता डा किरण रुपाखेतीका अनुसार विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि, महिलाजस्ता क्षेत्रमा पोषण कार्यक्रमले कुपोषण अन्त्य गर्न मद्दत पुगेको छ । पोषणसम्बन्धी सेवाहरुको विस्तार ,स्केलिङ अफ न्युट्रेसन , अभियानको नेपाल सक्रिय सदस्य देश हो । विभिन्न तहबाट सञ्चालन गरिएका पोषणसम्बन्धी कार्यक्रमलाई विश्वव्यापी रुपमा विस्तार गरी किशोर किशोरी, महिला तथा बालबालिकामा हुने सबै प्रकारका कुपोषणलाई अन्त्य गर्न सो अभियान थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घको पहल र सदस्य देशहरुको नेतृत्वमा सन् २०१० मा सो अभियान शुरु भएको थियो । स्वीट्जरल्याण्डको जेनेभामा सचिवालय रहेको सो अभियानमा नेपालले सन् २०११ देखि सक्रिय सदस्यका रुपमा योगदान दिँदै आएको छ । हाल सो अभियानमा विश्वका ६१ देश सदस्यका रुपमा जोडिएका छन् ।

अभियानले राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, नागरिक समाज, प्राज्ञिक क्षेत्र, सामाजिक अभियन्तालगायतलाई पोषणका क्षेत्रमा काम गर्न अनुकूल वातावरण तयार गर्न समन्वय गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठन, राष्ट्र सङ्घीय बालकोष, विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय निकायले अभियानलाई अनुमोदन गरेका छन् ।

सो अभियानले सन् २०१६–२०२० का लागि चार रणनीति र मार्गचित्रसमेत तयार पारेको छ । पोषणका लागि अनुकूल राजनीतिक वातावरणको विस्तार र दिगोपन कायम गर्ने, पोषणका लागि योगदान पु¥याउने प्रभावकारी कार्यलाई प्राथमिकता दिने, यसको संस्थागत विकास गर्ने, कुपोषण अन्त्य गर्न साझा रणनीति तयार गर्ने र पोषणका लागि आर्थिक स्रोत व्यवस्थापन गर्ने रहेको अभियानको सचिवालयमा कार्यरत सोविता मल्लले जानकारी दिनुभयो ।

“पोषण सेवा विस्तार गर्न अभियानले पोषण प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । पोषण र खाद्य सुरक्षाका लागि राजनीतिक तहमा भएका प्रतिबद्धता र उपलब्धिलाई संस्थागत रुपमा विकास गर्न ऐतिहासिक काम गर्ने छ”, प्रवक्ता एवम सहसचिव डा रुपाखेतीले भन्नुभयो । उहाँका अनुसार सम्मेलनमा ८० देशका एकहजार दुईसय प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा २५ कार्याशाला हुनेछन् ।

पोषणका योजनादेखि अभ्यास, नीतिगत मार्गदर्शन, पैरवी र सामूहिक परिवर्तनका लागि परिचालनलगायत रहेका छन् । सो अभियानको पहिलो सम्मेलन सन् २०१३ मा अमेरिकाको न्युयोर्कमा, दोस्रो सम्मेलन सन् २०१४ मा इटलीको रोम, तेस्रो सम्मेलन सन् २०१५ मा इटलीकै मिलान तथा चाथौ सम्मेलन सन् २०१७ मा अविदजान, कोट डि आइभोरीमा सम्पन्न भएको थियो ।

नेपालमा पोषणको स्थिति

विश्वमा पाँच वर्षमुनिका प्रत्येक तीन बालबालिकामध्ये एक जनामा पुड्कोपन, ख्याउटे र मोटोपनको समस्या छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशतमा कम तौल, १० प्रतिशतमा ख्याउटे समस्या छ । पाँच वर्षमुनिका बालबालिका अधिक तौल र मोटोपन भएका १.२ प्रतिशत, प्रजनन उमेरका महिला अधिक तौल र मोटोपन भएका २२ प्रतिशत तथा सोही उमेरका महिला दुब्लोपन भएका १७ प्रतिशत छन् ।

यस्तै नेपाल राष्ट्रिय सूक्ष्म पोषक तत्व सर्वेक्षण २०१६ का अनुसार नेपालका ३२ प्रतिशत किशोर किशोरीमा भोकमरीको जोखिमका कारण पुड्कोपन देखिएको छ । अर्कोतर्फ गरिबी तथा कुपोषणका कारण बालबालिका विद्यालय जानबाट वञ्चित छन् । सम्पन्न वर्गका बालबालिकामा पुड्कोपन १६।५ र गरीब वर्गका बालबालिकामा यो दर झण्डै ५० प्रतिशत रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्