प्यारी पत्नी,
अतितको सम्झना, बर्तमानको भोगाई र भबिस्यको पीडा सँहाल्दै जिउँदै भए पनि म भित्र भित्रै कति मरेको छु तिमी बुझ्दिनौ। बुझिदिने सामर्थ्य यदि तिमिमा भएको भए यस्तै खबर दुनियाँले सुन्नै पर्थेन होला। आँफ्नो जीवन तिम्रो लागि साँचेर बाँचिराखेको थिएँ तर तिम्ले भने ठिक बिपरित सोचेकी रहिछेउ।म तिम्रै खुशिको लागि निरन्तर श्रमको बलि दिदै अरबको खाडिमा रगत र पसिना बेचिरहेको छु।तिमी भने मेरो श्रमको उपजलाई दुरुपयोग गरेर मेरो जिन्दगी बर्बाद गर्नमा तल्लिन भयौ। यो खबरले म ज्यादै बिछिप्त भएको छु, मेरो मन धुजा धुजा फाटेको छ, मुटु चिरा परेका छन, छात्ती भतभती पोलेको छ। कुल्ली झैँ मुटु भित्र तिम्रा याद र सम्झनाका भारी बोकेर उज्ज्वल भबिश्यको गहिरो सोचाईका साथ काममा जाने तयारी गर्दै थिएँ जुन दिन । अचानक नेपालबाट आएको खबरले म भाउन्न भएँ र भुइँमा ढलेछु। केही बेर होसमा आयपछी पीडा झन बल्झियो। बिस्वासै लागेको थिएन कि तिमी अर्कैको अँगालोमा बाँधिएकी छेउ भनेर। के चिजको कमि हुन दिएको थिएँ र तिमिलाई? सिर्फ कमि थियो त म तिम्रो साथमा थिइन। हप्ता दिन भयो ड्युटी गएको छैन, न त सुतेको छु न त खाएको छु र पनि सास फेरिरहेको छु।बक्रेल्ति आइरहन्छ तिम्रो झझल्को।
कोरा किताब जस्तै मनस्थिती लिएर बसिरहेको छु।नत काम गर्ने मोड छ न त सम्हालिने माध्याम छ। छिन छिन मा मन पोलिरहेको छ, लाग्छ कोहि मेरो मनलाई सल्किरहेको चुरोटको ठुटो झोसिरहेछ। कामना गर्छु कि यस्तो भबितब्य त शत्रुलाई पनि नपरोस। कुण्ठित मन केही हलुका हुन्छकी भनेर दुखको गाँठो पत्र मार्फत खोल्ने जमर्को गर्दै छु।
तिमिलाई त थाहा नै होला नि खरको छाना भएको झुपडिलाई बिस्थापित गरेर ढलान महल बनाउने हाम्रो ठूलो सपना थियो। छोरिहरुलाई एउटा राम्रो स्कुलमा भर्ना गरेर राम्रोसँग पढाउने हाम्रो लक्ष्य थियो।सुकिलो मुकिलो भएर हिड्न पाइयोस,सधैंभरी कसैको अगाडि हात तेर्स्याउन नपरोस भन्ने ठूलो आकाँक्षा थियो। यिनै इच्छा, आकाँक्षा र महत्वाकांक्षाहरु पालेर म अरब हिडेको थिएँ। के यी सब देख्नको लागि अरब भासिनु परेको होला त? रातदिन नभनी काममा लागिरहें, तातो घामको प्रवाह नगरी तिम्रो झुटो मायाँको सागरमा पौँडिदै खटिरहें।एकानासले चुहिरहेको पसिनाले चुर्लम्म भिजेको कपडा लगाएर ओभर टाइम गर्थें।कहिले काहीँ त त्यही पसिनाले गन्हाएको कपाडा लगाएर सुत्थें र मोजा नखोली निदाँथे। मन लागेको खान पाइन्थेन। कति दिन त म भोकभोकै सुतेको छु र यसको कारण म सिकिस्त बिरामी पनि नभएको होइन। औषधि खुवाउने कोहि थिएनन। कसैले वास्ता गर्थेन।आफ्नै देशका भन्नू मात्र कसैले वास्तै गर्दैनन्।तिमिलाई टेन्सन होला भनेर मैले तिम्लाई भनिन।जसो तसो यता आउँदा लागेको खर्च तिर्न सकेको थिएँ अब हाम्रो चाहना पूरा गरि छिट्टै फर्कने कोसिस गर्दै थिएँ। बाबा टि भि, राम्रो मोबाईल अनि ल्यापटप भन्ने जस्ता छोरिहरुको मागलाई पूरा गर्न सकेको थिइन त्यसैले ज्यानलाई जीवन र मरणको दोसाँधमा राखेर लागि परेको थिएँ, यो मरुभुमिमा। पैसा पठाउनुन नुन तेल किन्ने पैसा छैन भन्थेउ म हुन्छ भनेर फोन राख्थें र गह भरी आँसु टिल्पिल पार्दै गकल्सिन्थें किनकी मसँग तिम्रो दैनिक उपभोग्य बस्तु खरिद गर्नको लागि पनि सामर्थ्य थिएन।जुन दिन मैले तिमिलाई पैसा पठाएको थिएँ त्यसको एक हप्ता पछि अर्कैको अंगालोमा रमाएको खबर सुनें।मैले पठाएको पैसाका साथ नदिनु पीडा दिएर गयौ तर त्यो पैसाले अबस्य श्राप्ने छ र चैन सँग खान बस्न दिने छैन।ती कलिला अबोध नानिहरुको आँसुले पिरोल्नेछ, मेरो मायाले सताउने छ। आखिर किन गयौ मलाई छाडेर?त्यो मन भित्र सानी नानिहरुको मायाँ रहेनछ हैं?उनिहरुको भबिश्यको प्रवाह रहेनछ।मामु बाबा भन्दै कति रुन्छन होला है?सोचेकी छ्यौ?तिमिले मायाँ प्रेम के हो बुझेकी रहिनछौ। खाना खानु अघि र सुत्नु अगि तिम्रो मेसेज हेर्न पाइन, तिम्रो मिसकल देख्न पाइन भने पनि निद्रा लाग्थेन। तिम्रो मिसकल नै मेरो उठ्ने समयको अलार्म हुन्थ्यो अब त्यो पनि रहेन। मलाई यो मरुभुमिमा एक पल पनि बस्न मन छैन तर चाहेर पनि नेपाल जान सक्दिन किनकी मैले सबै पैसा तिम्लाई दुख नहोस भनेर पठाएँ। तिमी चाहिँ छुट्टै संसारमा रमाईरहेकी रहिछेउ। कहिलै पनि मैले तिमिलाई पैसाको हिसाब किताब मागिन जति पठाउँथे तिम्रै नाममा पठाउँथे। म नेपाल आएर पनि कसरी मुख देखाउनु समाजको सामुन्ने?कर्तुत गर्ने तिमी मुख लुकाउनु पर्ने मैले?नराम्रा कुराहरु कपासमा आगो लागे झै यत्र तत्र सर्बत्र छिट्टै फैलन्छ गाउँघरमा।तिमी भागेको कुरा त समाजमा सबैले थाहा पाइसकेका होलान। यस्तो अबस्थामा घर फर्केर पनि स्वतन्त्र रुपमा बाँच्न सकुँला र म? धिक्कार छ तिमिलाई।अभागिको त भाग्य नै नलेखी फुत्त पठाईदिने रहेछन भगवानले पनि।म पनि अभागी नै हो भन्नू पर्ला। सानो छँदा पनि दुख नै पाएको थिएँ। तिमिसँग बिबाह गरे पछि शुखको अनुभब गरेको थिएँ, ठूलो आशा बोकेको थिएँ मायाँको अनि शुखको आभाश दिलाउनेछौ भनेर त्यो पनि पूरा हुन सकेन। आखिर देखावटी मायाँमा फसाएर गयौ जालमा फसेको माछा झैँ।ढिलो चाँडो होला म नेपाल अबश्य फर्कने छु।सकेसम्म चाँडै फर्कने छु।तिम्रा लागि मेरो मनमा रहेको मायाँ सास रहेसम्म रहला नै सायद र पनि तिमिलाई भुल्ने प्रयास गर्नेछु अनि छोरिहरुको मुख हेरि चित्त बुझाउनेछु। यो नसोचकी म दोश्रो बिबाह गर्नेछु।अब मलाई धेरै पीडा सहनु छैन, मेरो जिउ लखतरान परिसकेको छ, पीडा सहँदा सहँदै। बाँकी जिबन तिनै छोरिहरुको साथ बिताउने प्रतिज्ञा गरेको छु।तिनिहरु तिम्रा छोरिहरु रहेनन अब अनि सम्झने कुनै हकअधिकार छैन तिमिमा।
यहि पत्र मार्फत तिमिलाइ मेरो अनुरोध छ, तिम्रो उपस्थिती मेरो सामु आउने कुनै दुस्साहस नगर है? आँफुले रोजेको नौलो र रंगिन संसारमा रमाएर बसिराख।मेरो बाँस झुपडिमा भए पनि तिम्रो महलमा होस।मेरो मलामी जाँदै गर्दा तिम्रो घरमा भब्य पार्टी होस, मेरो चिरनिद्रामा रहेका नयन खोल्ने प्रायास नगर, सपनामा मेरो सम्झनाले तड्पाउन नपरोस, मलाई चितामा सुताइरहँदा तिम्रो पाँच्तारेका बिस्ताराहरु सजिरहुन, मेरो मुखमा दागबत्ती बल्दा अत्याधुनिक पांचतारे होटलको झिलिमिलिमा बसेर संसारकै मिस्ठान्न भोजन सेवन गर्ने अबसर मिलोस,म बलेर खरानी भैरहँदा अझै तिम्रो खुसिका तरंगहरुले गगन चुमुन यहि मेरो शुभकामना।
उहीँ तिमलाई मायाँ दिन
नसकेको भुपु पति।
लेखक:- ओम पाण्डे, गोरखा।
हाल:- साउदी अरब।

( यो वास्तविक जिबनमा घटेका घटनाहरुमा आधारित काल्पनिक कथा हो। कसैको जिबनमा मेल खाएमा संयोग मात्र हुनेछ।)

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्