एजेन्सी । कप्तान लियोनल मेस्सी पेनाल्टीमा चुकेका छन् । विश्वकप फुटबलको समूह ‘डि’ को पहिलो खेलमा आइसल्याण्डविरुद्धको खेलमा अर्जेन्टिनाका कप्तान मेस्सी पेनाल्टीमा चुकेका हुन् ।
आइसल्याण्डका खेलाडीले डिबक्सभित्र फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टी हान्नेक्रममा मेस्सी फेरी एक पटके चेकका हुन् । अहिले अर्जेन्टिनाले आईसल्याण्डसँग १–१ गोलको बरारबरी खेलिरहेको छ ।