गोरखा, भाद्र १४, २०७५ । बौद्ध हिमाल युवा क्लबको आयोजनामा गोरखा जिल्लाको पालुङटार नगरपालिका-५ ठाटीपोखरी बजारमा तीज गीत प्रतियोगिताका साथै बिबिध सास्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।

तीज गीत प्रतियोगिताको शिर्षक “अबको आवश्यकता : कृषिमा आधुनिकता र उद्धमशीलता ” रहेको छ । प्रतियोगितामा शब्द, गायन, संगीत, नृत्य, मौलिकता, प्रस्तुती, रचनात्मकता र लयका आधारमा प्रतियोगीताको निर्णय गरिने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार पच्चिस हजार एक सय पच्चिस रुपैया नगदराशी सहित प्रमाण-पत्रले सम्मान गरिनेछ , त्यसैगरी द्रितिय पुरस्कार पन्ध्र हजार एक सय पन्ध्र रुपैया नगदराशी सहित प्रमाण-पत्रले सम्मान गरिनेछ , त्यसैगरी तृतीय पुरस्कार दश हजार एक सय दश रुपैया नगदराशी सहित प्रमाण-पत्रले सम्मान गरिनेछ र सान्त्वना पुरस्कारहरुमा आमा समुह वा महिला समुह मध्यबाट उत्कृष्ट एकलाई नगदराशी पाच हजार एक सय पाच रुपैया नगदराशी सहित प्रमाण-पत्रले सम्मान गरिनेछ, त्यसैगरी बाल क्लब र बिधालयबाट उत्कृष्ट एक लाई नगदराशी पाच हजार एक सय पाच रुपैया नगदराशी सहित प्रमाण-पत्रले सम्मान गरिने बौद्ध हिमाल युवा क्लबका अध्यक्ष किरण गिरीले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीहरुले नियम भित्र रहेर भाग लिन पाउने छन | गीत तोकियको बिषयबस्तुमा आधारीत हुनुपर्नेछ । प्रत्येक टिममा बढीमा १० जाना मात्र सहभागी हुन पाइनेछ । वाध्यबादनको व्यवस्था आँफैले गर्नु पर्नेछ । प्रस्तुतीको लागि बढिमा १० मिनेटको समय दिइेनेछ । टिम दर्ता भाद्र २६ गते बेलुका ५ बजे सम्म गरीसक्नु पर्नेछ । प्रतियोगीताको दिन निर्धारित समयमा उपस्थित नभएमा टिमलाई स्वत: बर्खास्त गरिने नियम आयोजकको रहेको छ ।

कार्यक्रम यहि भाद्र २७ गते बुधबारका दिन बिहान १० बजेदेखि गोरखाको पालुङटार नगरपालिका -५ ठाटीपोखरी बजारमा हुनेछ साथै कार्येक्रममा स्थानियको विभिन्न प्रस्तुति, बौद्ध हिमाल युवा क्लब सम्मान कार्यक्रम, BHYC Youth Week का साथै वडा कप फुटबल प्रतियोगीता समेत रहने आयोजकले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्