काठमाडौं, शुक्रबार, १२ मङ्सिर २०७७ । हाल देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको छ । हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

साथै, यी क्षेत्रका पहाडी भू–भागका एक, दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिन्छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । जसका कारण बायुको तापक्रममा गिरावट आई चिसो बढ्ने विभागले जनाएको छ।

गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्