काठमाडौं, बिहिबार, ११ मङ्सिर २०७७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवद्र्धनको प्याकेज तयार गर्न पर्यटन व्यवसायीलाई आग्रह गर्नु भएको छ ।

नेपाल पर्यटन बोर्डले बुधबार आयोजना गरेको पर्यटन व्यवसायीसँगको अन्तक्र्रियामा उहाँले अझै केही समय बाह्य पर्यटकको आवागमन कम हुने भन्दै आन्तरिक पर्यटन प्रवद्र्धनका प्याकेज बनाउन आग्रह गर्नु भएको छ ।

कार्यक्रममा पर्यटन व्यसायीले पर्यटक आवागन प्रवेशाज्ञा खोली पर्यटकीय गतिविधि सञ्चालन गर्न माग गरेका थिए ।

व्यवसायीको धारणा सुनेपछि मन्त्री भट्टराईले प्रवेशाज्ञा खुला गरे पनि विदेशी  पर्यटक नआउने भन्दै विदेशीलाई जस्तै स्वदेशीलाई पनि पर्यटक प्याकेज बेच्न आग्रह गर्नुभयो ।

पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले कार्ययोजनासहित आउन व्यवसायीलाई आग्रह समेत गर्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्