काठमाडौं– अन्ततः प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिएका छन् । पराजुलीले बिहीबार दिउँसो शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो राजीनामा बुझाएका हुन् ।
पराजुलीको राजीनामा बुझ्दै राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा पुर्याएको योगदानप्रति धन्यवाद दिएकी थिइन् ।
यसअघि आजै बिहान प्रधानन्यायाधीश पराजुलीले प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।
बालुवाटारमा भएको उक्त छलफलमा प्रधानमन्त्री ओली र नेता प्रचण्डले पराजुलीलाई राजीनामा दिएर निकास दिन आग्रह गरेका थिए ।
न्यायपरिषदका सचिव नृपध्वज निरौलाले बुधबार प्रधानन्याायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको पत्रचार गरेपछि बिहीबारबाट सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपक जोशीले कायम मुकायमको जिम्मेवारी सम्हालेका थिए ।
यद्यपी पराजुलीले बिहीबार विहानसम्म आफुू पदमुक्त नभएको भन्दै आफू कार्यालय गएर काम गर्ने बताएका थिए । तर, बिहीबार कायम मुकायम प्रधानन्यायाधीश जोशीले सर्वोच्च अदालतको पेशी सुची समेत तोकेपछि पराजुलीले आफ्नो कार्यक्षेत्र र अधिकारमा हस्तक्षेप र हाइज्याक भएको प्रतिकृया दिएका थिए ।
यसैबीच राजीनामा दिएपछि पराजुलीले आफुलाई चारैतिरबाट आक्रमण भएको प्रतिकृया दिएका छन् । उनले भने – म सहजै निकास दिने पक्षमा थिए, मैले राम्रो काम गर्दागर्दै पनि ममाथि चारैतिरबाट आक्रमण भयो ।’
जन्ममिति र नागरिकताको विषयले पराजुली विवादमा तानिएका थिए ।
पराजुलीकाे पद यसरी धरापमा पर्याे ?
घटना नम्बर–१.
फागुन २८– सर्वोच्चको पुर्ण इजलास न्यायाधीश चोलेन्द्र शम्शेर राणाबाट बहिस्कार ।
घटना नम्बर –२.
क. फागुन २९–गते प्रधानन्यायाधीश गोपाल पराजुलीबाट राणाबाहेक अन्य आठ न्यायधीशलाई इजलास निर्धारण ।
ख. फागुन २९– सर्वोच्च अदालतका ८ जना न्यायाधीशबाट इजलास बस्न अस्वीकार ।
घटना नम्बर –३
फागुन ३०– (क) भावी प्रधानन्यायाधीशसहित आठै जना न्यायाधीशबाट इजलाश बहिस्कारलाई निरन्तरता ।
(ख)न्यायपरिषदबाट प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको घोषणा ।
ग. प्रधानन्यायधीश पराजुली पदमुक्त भएको घोषणा आएको आधा घण्टापछि तिनै पदमुक्त भएका प्रधानन्यायाधीशबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण ।
घटना नम्बर ४
चैत १– क.सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपक जोशीले कायममुकाय प्रधाननयायाधीशको कार्यभार सम्हाल्दै पेशी निर्धारण ।
ख. पदमुक्त भएका पराजुलीले प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षसँग भेटवार्ता । भेटबार्तामा राजीनामा दिन सुझाव ।
ग. अपरान्ह राष्टपति कार्यलय शीतलनिवासमा पुगेर पराजुलीबाट राजीनामा पेश गरेका छन्।रातोपाटी वाट,

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्