काठमाडौं, असोज २१

पत्रकारहरुको न्युनतम पारिश्रमिक २४ हजार पुगेको छ । सरकारले श्रमजिवी पत्रकारहरूको पक्षमा निर्णय गर्दै न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको हो ।

मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले पत्रकारहरूको न्यूनतम पारिश्रमिक १९ हजार ५ सयबाट बढाएर २४ हजार ३ सय ७५ पुर्‍याएको हो ।यो निर्णय कात्तिक १ गतेपछि सरकारी र निजी सबै सञ्चारमाध्यममा लागू हुने बास्कोटाले जानकारी दिए । अनलाइन सञ्चारमाध्यमले भने आफू राष्ट्रिय, प्रादेशिक वा स्थानीय कुन स्तरको सञ्चार संस्था हो भन्ने स्वघोषणा गर्नुपर्ने सरकारले जनाएको छ । सोही अनुसार ती संस्थामा पारिश्रमिक लागु हुनेछ ।

यसैगरी बैठकले गोरखापत्र संस्थापनको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । वरिष्ठ पत्रकार तथा लेखक स्तम्भकार भण्डारीलाई आइतवारको मन्त्रिपरिषद बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । बैठकले यसअघिका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरी भण्डारीलाई कार्यकारी अधिकार थपेर अध्यक्ष नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकले गोरखापत्रका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसँग ३ दिने स्पष्टिकरण समेत मागेको छ । साथै बैठकले उखु किसानहरूको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल पनि गठन गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्