काठमाडौं, शनिबार, ६ असार २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३१ जना नयाँ कोराना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित अपडेट प्रस्तुत गर्दै पछिल्लो २४ घण्टामा ३ सय ३१ कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो ।

यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ हजार ६ सय ५ पुगेको छ । काठमाडौं उपत्यकामा आज मात्र ८ महिलामा कोरोना देखिएको छ । भक्तपुरमा ७ जना महिला र काठमाडौंमा एक जना महिलामा कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

साथै, पछिल्लो २४ घण्टामा १ सय ७६ जना कोरोना जितेर डिष्चार्ज भएका छन । यससँगै कोरोना जित्नेको संख्या १ हजार ५ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा कुल ७ हजार ४ सय १६ परीक्षण भएको छ ।

हालसम्मकै एकै दिनमा सबैभन्दा धेरै गरिएको पिसिआर परीक्षण हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्