काठमाडौँ, मंगलबार, २० साउन २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १५ हजार २६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६५ जना उपचारपछि डिस्चार्ज भएका छन् । मुलुकभर पाँच हजार ९२५ सक्रिय सङ्क्रमित छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ५८ जनाले ज्यान गुमाईसकेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्