काठमाडौँ , ११ मन्सिर २०७७ / पछिल्लो समय मानिसहरुको क्रेज मनोरन्जनका क्षेत्रमा निकै नै बढिरहेको देखिन्छ । 

टिकटकमार्फत थुप्रै जुम्ल्याहा जोडीहरुले आफुलाई स्थापित पनि गरिसकेका छन् । पछिल्लो समय टिकटकलगायत म्युजिक भिडियोहरुमा ब्यस्त बनेका दुई जुम्ल्याहा जोडी हुन–झापाका स्मारीका सामारीका ढकाल ।

झट्ट हेर्दा कुन दिदी र कुन बहिनी हो भनेर छुट्याउन निकै नै गाह्रो हुने गर्दछ । उत्रै हाइट, उस्तै शारीरीक बनावट, उस्तै किसिमको शारीरीक सुन्दरताले सजिएका उनिहरुलाई छुट्याउन कमै मानिसले मात्र सक्दछन । उनिहरुलाई देख्दा एउटै मान्छे डबल रोलमा पो छ कि भन्ने भान सबैलाई लाग्न सक्छ । कमेडि जर्नलको भिडियो कन्टेन्टहरु बनाएर चर्चामा आएका दुई दिदिबहिनीको भिडियोबाट भरपुर मनोरन्जन मिल्छ । 

उनीहरुले बनाउने गरेको भिडियोहरुमा स्वभाविकता पाइन्छ । कसैको हाउभाउ नक्कल नगरी आफ्नो जस्तो व्यवहार घरमा हुन्छ त्यस्तै नै भिडियोमा उतार्ने भएका कारण दर्शकहरुले पनि निकै रुचाएका छन् । शुरुशुरुमा टिकटक बनाउदा यति धेरै माया आउछ भन्ने लागेको थिएन विस्तारै सबैको माया पाउदै गयौँ । विशेषत सबैले हाम्रो झगडावाला भिडियोहरु? बजाउन लाग्नुभयो र हामीले पनि त्यहीअन’सारको भिडियो निर्माण गर्दे गएको उनीहरुले बताए । 

हामीले हाम्रो भिडियोबाट अरुलाई भरपुर मनोरन्जन दिन चाहान्छौ । हाम्रो उद्देश्य नै सबैले हामीलाई चिनिदिनुहोस, हाम्रो कन्टेन्ट हेरेर सबैको ओठमा हासो आओस भन्ने रहेको उनीहरु बताउछन् । केही समयअगाडिको एक रमाइलो कुरा सम्झदै उनीहरु भन्छन्– कोरोना भाइरसका कारण अहिले सबै मानिसहरुले मास्क अनिवार्य गरेका छन् तर यही समयमा नै हामी विर्तामाडमा मास्क नलगाई हिडेको रमाइलो पल रहेको छ । सबैले हामीलाई चिनुन हामीसंग फोटो खिचुन भनेर नै मास्क नलगाई हिडेको रमाइलो घटना उनीहरु सम्झन्छन् । टिकटक बनाउन लागेको धेरै समय नभएपनि भिडियोहरु चै पहिलैबाट बनाउने गरेको उनीहरु बताउछन् ।

जबसम्म हामी टिकटकको दुनियाभन्दा बाहिर थियौ त्यो समयमा पनि हामीले मोबाइलमा भिडियोहरु बनाउने गरेको थियौ । टिकटक बनाउन पाएदेखि भने हामीले एउटा प्लाटफर्म नै पाएका छौँ । विशेषत हामीले झगडा गरेर बनाइएका भिडियोहरु नै रुचाउन लागेपछि हामीले झगडा गरेको भिडियोहरु पोस्ट गर्न लाग्यौ । कन्टेन्ट प्राय सामान्य हामीले जे गरिरहेको हुन्छौ त्यही कुराहरु नै भिडियोमा उतार्ने भएकाले धेरै समस्या त हुदैन । तर म बिबाहीत भएको कारणले पनि भन्नासाथ बनाइहाल्न चै मिल्दैन । टाढा त छैन १५ मिनेटको दूरीमा छ । बिबाहीत नै भएपनि परिवारको पुरा साथ र सहयोग रहेको स्मारीका ढकाल बताउछिन् ।

टिकटकको दुनियाबाट सर्बाधिक लोकप्रियता कमाउन सफल भएका उनीहरुले केही समयअघिमात्र आँखैमा पियार मनमा तिर्सना बोलको म्युजिक भिडियोमा पल शाहसंग अभिनय गरिसकेका छन् । म्युजिक भिडियोबाट पनि निकै राम्रो प्रतिक्रिया आएको उनिहरु बताउछन् । अझ यस्तै साथ र सहयोग मिल्दै जाने हो भने आगामी दिनमा थप यो क्षेत्रमा अगाडि बढन सकिने विश्वास उनिहरुको छ । म्युजिक भिडियोसंगै उनिहरुले भर्खरैमात्र हास्य टेलिश्रृखला मेरि बास्सैमासमेत अभिनय गरिसकेका छन् । म्युजिक भिडियोमा मात्र हैन हास्य टेलिसिरियलमा पनि उनिहरुको राम्रो अभिनय देख्न सकिन्छ । उक्त टेलिसिरियलमा समेत यो जोडीलाई दर्शकले निकै मन पराएका छन् । यिनै सक्रियता र अभिनयका कारण उनिहरुलाई टिकटक क्युइनको रुपमा चिनिन लागिएको छ ।

हेको देखिन्छ । 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्