काठमाडौँ, आइतबार, ४ असोज २०७७ । ने बि संघद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गणतान्त्रिक संविधान मानव अधिकार सुशासन कार्यवहनमा युवा पुस्ता विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा सम्पन्न भएको छ ।

अनलाइन मार्फत आयोजना गरिएको कार्यक्रममा वक्ताका रुपमा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, केन्द्रीय सदस्य जिवन परियार, केन्द्रीय सदस्य गुरु राज घिमिरे, ने बि सं महामन्त्री दिपक भट्टराई र राजनैतिक विश्लेषक किशोर दत्त बराल रहनु भएको थियो ।

डा चन्द्र भण्डारीले गणतन्त्र प्राप्तका लागि जो लड्यो उसले केही पाएन तर, जो घर बस्यो उहि सरकारमा छ भन्दै समय परिवर्तनसंगै नेतृत्व परिवर्तन हुन नसकेको बताउनुभयो ।

बहुलवादमा नेपाली कांग्रेसले बहृत रुपमा छलफल गरेको छैन गर्न अति आवश्यक छ । नेपालको समाजवाद नेपाली जनता नै हुन भन्दै नेपाली कांग्रेसको युवा पुस्ता के कारण ले खोजिएको छ, यस्ता कार्यक्रम छ भनेर बताउन युवा नेतृत्व माथि प्रश्न राजनैतिक विश्लेषक किशोर दत्त बराल ले गर्नु भयो ।

अर्का वक्ता केन्द्रीय सदस्य जिवन परियारले युवा पुस्ता किन राजनीतिमा आवश्यक छ भन्दै प्रविधिक बिद्यार्थीको परिवर्तनमा भुमिकाको बर्णन गर्दै संविधान को बारेमा चर्चा गर्नु भएको थियो ।

गुरु राज घिमिरेले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट रहेको बताउँदै मानवअधिकार क्षेत्र मा जोड दिनुभयो ।

त्यसैगरी, ने बि संघका महामन्त्री दिपक भट्टराईले संविधान नभएर मुलुक बदल्न सोच आवश्यक पर्छ भन्दै कोरोना कहरपछि महाधिवेशनमा केन्द्रीत हुन ने बि संघका साथीहरुलाई अनुरोध गर्नु भयो ।

सहभागी दमन राज संजालले आफु युवा भएको तर नेपाली कांग्रेस राजनितिमा आउन बाटो लामो र घुमाउरो भएकोमा वक्तासंग प्रश्न राख्नु भएको थियो । विश्वविद्यालयका आंगिक क्याम्पसमा रहेको नेपाल विद्यार्थी संघबाट आयोजित कार्यक्रम टिकापुर सभापति भरत साउदले संचालन गर्नु भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्