काठमाडौँ, ११ मङ्सिर २०७५ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन पुस अन्तिम साता हुने भएको छ । नेविसंघको मंगलबार बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले १२ औं महाधिवेशन पुस २८, २९ र ३० मा गर्ने निर्णय गरेको उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार महाधिवेशनको स्थान भने तय गरिएको छैन।

उपाध्यक्ष अधिकारीले पार्टी नेतृत्वसँगको छलफलपछि महाधिवेशन स्थलको टुंगो लगाइने बताए। ‘केही ठाउँबाट महाधिवेशन गर्न प्रस्ताव आएको छ। बुटवल, चितवन र काठमाडौंमध्ये एक ठाउँमा हुन्छ,’उपाध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

बैठकले मंसिर २२ गतेभित्र माध्यामिक, उच्चमाध्यामिक र सिटिइभिटीमा अधिवेशन गर्ने निर्णय गरेको उहाले बताउउनु भयो । अधिकारीका अनुसार मंसिर २५ भित्र स्थानीय, गाउँ र नगर अधिवेशन, पुष ८ भित्र उपत्यकाभित्रका क्याम्पस र विश्वविद्यालयको अधिवेशन हुनेछ ।

यस्तै पुस १४ भित्र ७७ वटै जिल्लाको अधिवेशन गर्ने निर्णय गरिएको उपाध्यक्ष अधिकारीले बताउनु भयो । उहाका अनुसार पुस ३० भित्र सातै प्रदेशको अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ । तोकिएको समयमा अधिवेशन गर्ने जिल्ला तथा क्याम्पस इकाई स्वतः भग हुने छन् ।

‘हामीले तोकेको समयभित्र अधिवेशन नगर्ने जिल्ला तथा इकाई स्वतः भंग हुनेछन् र उनीहरुले महाधिवेशनमा भाग लिन पाउने छैनन् ।’ नेविसंघलाई संगठित र बलियो संस्थाका रुपमा विकास गर्न यस्तो निर्णय लिइएको नेविसंघले जनाएको छ ।

नेविसंघको वर्तमान कार्यसमितिको म्याद गत भदौ तेस्रो साता नै सकिएको थियो । विवादका कारण अधिवेशन हुन नसकेपछि माउ पार्टी कांग्रेसले सुरुमा तीन महिना म्याद थपिदिएको थियो । तर, थपिएको तीन महिनामा पनि अधिवेशन हुन नसकेपछि मंसिर २ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले थप दुई महिना म्याद थपिदिएको थियो। पछिल्लो पटक थपिएको दुई महिनाको समय आगामी माघ २ गते सकिनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्