काठमाडौं, मंसिर १

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका विषयमा निर्णय गर्न बोलाइएको केन्द्रीय कार्यसमिति बैठक शुरु हुन अघि पार्टी कार्यालय सानेपामा तनाव भएको छ । विद्यार्थी संगठन दुई पक्षमा उभिएर नाराबाजी गर्न थालेपछि तनाव श्रृजना भएको हो ।

विद्यार्थीहरुले नेविसंघको महाधिवेशन चाडो गर्न माग गर्दै शिर्ष नेता विरुद्ध नै नाराबाजी गरेका छन् । सभापति शेरबहादुर देउवा, महामन्त्री शंशाक कोइराला, कृष्णप्रसाद सिटौला, गगन थापा लगायतका नेता प्रवेश गर्दा नाराबाजी गरेका हुन् । संस्थापन र संस्थापन इतरका विद्यार्थी नेता–कार्यकर्ताले नेवि संघको महाधिवेशनका विषयमा तत्काल निर्णय गर्न माग राखेर प्रदर्शन गरेका हुन्।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्