गोरखा, शुक्रबार, १२ मङ्सिर २०७७ । नेपाल यातायात मजदुर संघको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

नेपाल ट्रेड युनियन कां’ग्रेसमा आवद्ध अधिवेशनबाट शंकर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा कन्चन कुमार श्रेष्ठ, सचिव कृष्ण कोईराला, सह-सचिव राजेन्द्र ढकाल, कोषाध्यक्ष मोहन बोगटी चयन हुनु भएको छ ।

त्यसैगरी, उक्त अधिबेशनबाट सदस्यहरुमा रामशरण थापा, मिलन सुनार, हिराकुमार श्रेष्ठ, रामचन्द्र श्रेष्ठ चयन हुनु भएको छ ।

नेपाली कां’ग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कां’ग्रेसका जिल्ला सभापति हरिबहादुर घले, महासमिति सदस्य राजनराज पन्त, ट्रेड युनियन कां’ग्रेसका जिल्ला अध्यक्ष शरदबाबु श्रेष्ठ, ट्रेड युनियन कांग्रेसका सहमहासचिव इश्वर परियार, केन्द्रीय सदस्य नबिन श्रेष्ठ, रामशरण आचार्य लगायतले धारणा राख्नु भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्