काठमाडौं, बिहिबार, ११ मङ्सिर २०७७ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्ध्दन श्रृंगला र नेपाली समकक्षी भरत पौडेलबीच वान अन वान वार्ता सम्पन्न भएको छ । दुई पक्षको औपचारिक वार्ता अगाडि विदेश सचिवस्तीय वार्ता भएको हो ।

समकक्षी वार्तामा समस्या समाधानको पहिलो र राम्रो सुरुवात भएको विदेश सचिव श्रृंगलाले पत्रकारहरुसँग बताएका छन् । दुई देशबीच रहेको विविध समस्यामा समाधानको पहलको सुरवात भएको उनले बताएका छन् ।

समकक्षी वार्तामा भौतिक पूर्वाधार विकासदेखि आर्थिक सहयोग र सहकार्यका विषयमा छलफल भएको छ । बैठक लगत्तै परराष्ट्र मन्त्रालयले सोहार्दपूर्ण वातावरणमा वार्ता भएको उल्लेख गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्