जापान, २७ माघ २०७६ ।  नेपाल पर्यटन वर्ष २०२० को प्रचारप्रसारमा गैर आवसीय नेपाली संघ (एनआरएनए) जापानको सक्रियता तिब्र पारिएको छ ।

नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्धेश्यले जापानमा गैरआवसीय नेपालीहरुले प्रचारप्रसार तिब्र गरिएको हो ।

टोक्योको ब्यस्त शहर ईकेबुकुरो स्टेशनस्थित ग्लोबल रिंग पार्कमा दुई दिने फेब्रुअरी ८ र ९ तारिखका दिन सम्पन्न एशियन फेष्टिवलमा नेपालको कला संस्कति र पर्यटकीय स्थलको प्रचार गरिएको हो ।

एसियाका बिभिन्न देशको कला संस्कृतिसंगै नेपालका बिभिन्न जातजातीका कला संस्कृति प्रस्तुति गर्नुका साथै स्टल लिई भिजीट नेपाल २०२० को प्रचार सामाग्री बितरण गर्ने काम समेत गरिएको थियो ।

जापानमा रहेको गैर आवसीय नेपाली संघका अग्रजहरु साथै विभिन्न पेशा ब्यवसायीमा आवद्ध नेपालीले भिजीट नेपाल २०२० लेखेको प्रचा लगाएत सामाग्री वितरण गरेको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा नेपालको तर्फबाट एनआरएनए जापानको सहभागीतामा बरिष्ठ उपाध्यक्ष अनिता गुरूङले संयोजनमा गर्नु भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्