गोरखा, २३ भाद्र २०७६ । नेपाल टूेड युनियन कांग्रेस गोरखाको छैटौं अधिबेशनपछिको पहिलो जिल्ला परिषद सम्पन्न भएको छ । परिषदले स्थानीय तहस्तरीय टूेड युनियन गठन गर्ने, युनियनमा आबद्ध संस्था थप गर्ने, आर्थिक संकलन र सदस्यता वृद्धि गर्ने निर्णय गरेको छ ।

परिषदले नेपाल टूेड युनियन कांग्रेसको महिला तथा युवा समिति पनि गठन गरेको छ । गीता रानाको संयोजकत्वमा गठन भएको सात सदस्यीय महिला समितिमा संगीता लामिछाने, सानुमाया श्रेष्ठ, सविना पोखरेल र शान्ता सापकोटा सदस्य रहनु भएको छ ।

दुई सदस्य पछि थप्ने निर्णय भएको छ । यस्तै, गौतम बल्छौडी संयोजक रहनेगरी गठन भएको युवा समितिको सदस्यमा शर्मिला सापकोटा र अनिता श्रेष्ठ चयन भएका छन् । समितिमा दुई सदस्य पछि थप्ने निर्णय गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य कमला पन्तले श्रमको श्रमको सम्मान गर्न सके मात्रै देशको संवृद्धि हुने बताइन् । श्रम र श्रमिकको सम्मानका लागि राज्यलाई निरन्तर दबाब दिन आग्रह गर्नुभयो ।

संस्थाका जिल्ला अध्यक्ष शरद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका केन्द्रिय उपाध्यक्ष ललित श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सभापति हरि घले, संस्थाका केन्द्रिय उप महासचिव इश्वर परियार, प्रदेश अध्यक्ष मुरारी शर्मा, कारखाना मजदुर संघको उप महासचिव केशब भट्टराई, शिक्षक संघका अध्यक्ष लुमनाथ लामिछाने, महिला मानव अधिकार रक्षक जिल्ला अध्यक्ष सावित्री भट्ट, प्राध्यापक संघका सचिव कमल कोइराला लगायतले मन्तब्य राख्नु भएको थियो ।