दोहा, दीप जङ्ग शाह, ३ फागुन २०७६ । नेपाली व्यवसायी संघ कतार र कतार स्थित नेपाली राजदुतावास विच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न उदेश्यले कतार भित्रिएका र व्यवसायलाई आफ्नो मूख्य श्रोत बनाएका नेपाली व्यवसायीहरुलाई एकताको शुत्रमा बाधेर मर्यादित र सफल व्यवसायी बनाउने उदेश्यले स्थापित यस संघको नयाँ कार्यसमिति (२०२०–२०२४) सदस्यहरुलाई कतार स्थित नेपाली राजदुतावास संग परिचयात्मक भेटघाट तथा समसामयिक अन्तरकृया गराउने उदेश्यले संघको भर्खरै सम्पन्न अधिवेशनबाट निर्विरोध निर्वाचित कार्यसमतिको पहिलो बैठकले मनोनितबाट चयन गर्नु पर्ने २ जना सदस्यहरु तथा सल्लाहकार समिति, संरक्षक, प्रवक्ता र प्रचार प्रसार विभागलाई समेतलाई पूर्णता दिए संगै यो कार्यक्रम आयोजना गरिएको हो ।

भेटघाटका क्रममा संघले नेपाली दुतावासमा दुई वर्ष पहिले नै दुतावासमा सुचिकृत गरिएको यस संघको नयाँ कार्यसमितिको नामावली समेत बुझाएको छ । २०२०/२४ का लागि चयन भएका नयाँ कार्यसमितिको नामावली बुझ्दै महामहिम राजदु डा नारदनाथ भारद्वादजले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै समग्र नेपाल र नेपालीको पहिचानका रुपमा रहेका नेपाली व्यवसायीहरुले सधैं मर्यादित, विश्वसनिय र उदाहरणिय काम गर्नेमा विश्वस्त रहेको बताउदै चार वर्षे कार्यकालमा केहि दिर्घकालिन योजना आउनेमा आफू ढुक्क रहेको बताउनु भयो ।

कार्यक्रममा करोडौंको लगानी गरेर व्यवसाय सञ्चालन गर्दा पनि नेपाल सरकारले व्यवसायीलाई पहिचान नगर्दा झन्झटिलो प्रकृया मार्फत श्रम स्वीकृती गर्नु पर्ने व्यवस्था गरेको प्रसंग कोट्याउदै नव निर्वाचित सदयहरुले दु:ख व्यक्त गर्दै दुतावासले यसमा सहजिकरण गरिदिनुहुन आग्रह गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव रमेश भट्टले गरेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्