काठमाडौं, शनिबार, १३ मङ्सिर २०७७ । खेलाडी सन्दीप लामिछानेलाई कोरो’ना सं’क्रमण देखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई कोरो’ना भाइ’रसको सं’क्रमण देखिएको हो ।
सन्दीपले आज शनिबार बिहान सामाजिक संजाल फेसबुकमार्फत आफूलाई कोरो’ना भाइ’रसको सं’क्रमण देखिएको जानकारी दिएका हुन् ।
“मलाई कोरोना संक्रमण भएको छ । ममा केही लक्षणहरु पनि देखिएको छ । तर, अहिले मेरो स्वास्थ्य अवस्थामा सुधार हुँदै आइरहेको छ । म आइसोलेसनमा छु,” सन्दीपले फेसबुकमा पोष्ट गरेका छन् ।
सन्दीपले आफू सेल्फ आइसोलेनमा बसेको बताएका छन् । उनले हाल आफूमा लक्षणसमेत देखिएको बताएका छन् । यसअघि नेपाली टोलीका अन्य चार खेलाडीमा पनि कोरोना संकमण देखिएको छ ।