काठमाडौँ, २८ साउन २०७६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले नेपालीहरुलाई बिदेशी सेनामा भर्ती हुन रोक्न पर्ने बताएका छन् ।

आज मंगबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता तथा सांसद भीम रावलले यस्तो माग गरेका हुन् । नेपाली बिदेश सेनामा भर्ती गराउने राणा शासनले थोपारेको गलत सम्झौताबाट देशलाई मुक्त गर्न आवश्यक रहेको बताए ।

उनले भने “नेपाली युवायुवतीलाई बिदेशी सेनामा भर्ती गरिने नेपालको सार्वभौमसत्तामा आँच पु¥याउँने निरंकुश राणा शासनले थोपारेको गलत सम्झौताबाट देशलाई मुक्त गर्न पर्छ । भुतपूर्व गोरखाका न्यायोचित आवाजहरु सुनिनु पर्छ र त्यसलाई सम्बोधन गर्नु पर्छ” । उनले स्वाधिन लोकतान्त्रिक गणतन्त्रले यो काम गर्नै पर्ने उनको ठहर छ । साथै उनले बिदेशी सेनासंग नेपाली सेनाको सैन्य अभ्यासप्रति पनि आपत्ति जनाए ।

उनले भने “प्राकृतिक विपदको सामना गर्ने उदेश्यमा सिमित रहेर सुरक्षा निकायकाबीच तालिम र अनुभवको आदन प्रदान गर्न सकिने भए पनि ठुलै संख्यामा सेनालाई संलग्न गराएर द्धिपक्षिय सैनिक अभ्यासमा पनि नेपाल अब संलग्न हुनु हुँदैन” ।

उनले महत्वपुर्ण र संवेदनशिल तथ्याङहरु पनि बिदेशी सर्भरमा राख्न नहुने बिचार व्यक्त गरे । उनले भने राष्ट्रिय परिचय पत्र , गाडीका नम्बर प्लेट , कर र महसुल संकलनका अभिलेखहरु नेपालमा र नेपाल सरकारकै मातहतमा रहने गरी व्यवस्था गर्नु पर्ने माग गरे ।