काठमाडौं, बुधबार, १७ मङ्सिर २०७७ । नेपाल विद्यार्थी संघले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्र’हरीले नि’यन्त्रणमा लिएको वि’रोधमा माइतिघर मण्डलामा प्र’दर्शन गरेको छ । नेविसंघ अध्यक्ष राजीव ढुँगानाको नेतृत्वमा संघले वि’रोध कार्यक्रम गरेको हो ।

विरोधसभामा बोल्दै संघका अध्यक्ष ढुँगानाले तनहुँ घटनाले कम्युनिष्ट कहिल्यै लोकतान्त्रिक हुँदैनन् भन्ने पुष्टि भएको बताए । लोकतन्त्रलाई केपी ओली नेतृत्वको सरकारले कमजोर बनाउन खोजे नेविसंघले नछाड्ने पनि उनले चेतावनी दिए । सरकारले पौडेललाई फक्राउ गरेर निषेधको राजनीति गरेको पनि बताए ।

त्यस्तै, महामन्त्री युवराज पाण्डेले पौडेललाई पक्राउ गरेर सरकारले अधिनायकवादी चरित्र देखाएको बताए । उनले पौडेल पक्राउमा संलग्न र निर्देशन दिने प्रहरीलाई कारवाहीको माग गर । त्यस्तै, अर्का महामन्त्री बलदेव तिमल्सिनाले वरिष्ठ नेता पौडेलले हिँड्न, बोल्न नपाउने हो भने नागरिकको वाक् स्वतन्त्रता के हुन्छ भन्दै प्रश्न गरे । उनले अभिव्यक्ति स्वतन्त्रताका लागि पुनः सडकमा संघर्ष गर्नुपर्ने अवस्था आएको पनि बताए । “यो व्यवस्थाका विरोधीहरुले देशमा सभा गर्न पाएका छन् । रामचन्द्र पौडेललाई रोकिन्छ भने यो सरकारको व्यवस्था विरोधीसँग साँठगाँठ छ,” उनले भने, “आजबाट नेविसंघ सडकमा आएको छ । अब प्रदर्शन रोकिँदैन ।”

महामन्त्री उर्मिला थपलियाले राजाको विरुद्धका लडेको नेविसंघले कम्युनिष्ट सरकारविरुद्ध पनि लड्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेकी छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्