काठमाडौँ, आइतबार, १८ साउन २०७७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अनसनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई भेटेका छन् ।

आइतबार बसन्तपुरमा पुगेर पौडेलसहित कांग्रेस नेताहरुले दुई सातादेखि अनशन बसिरहेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुको मागहरुमा समर्थन जनाउनुका साथै स्वास्थ्यलाभको कामना गरेका हुन् ।

नेता पौडेलले सामान्य तर जनताका अति आवश्यक मागहरु राखेर अनसनमा बसेका युवाहरुका कुरा नसुन्नु सरकारको अटेरीपन भएको बताएका छन् । ‘सामान्य तर जनताका अति आवश्यक मागहरु राखेर अनसनमा बसेका युवाहरुका कुरा नसुन्नु सरकारको अटेरीपन हो । यी मागहरुको सरकारले बेवास्ता गर्नु सरकारको चरम लापरबाही हो ।’ उनले भने ।

क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै १६ दिनदेखि ‘इनफ इज इनफ’का अभियन्ता अनशन बसिरहेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्