आर्थिक रुपमा संस्थाहरुको हिसाब किताब पारदर्शी हुन पर्छ भनेर पहिले देखि नै अनौपचारिक क्षेत्रबाट आवाज उठी रहेकै हो ।

आदरणीय प्रकाशमान दाई पनि अमेरिकी कानून बमोजिम दर्ता भएका संस्थाहरु यहिँ को कानून बमोजिम चल्न पर्ने बताउनु भएको कुरा स्मरण गराउदै सोहि बमोजिम हामी हाम्रा आर्थिक आचारणमा शुद्ध हुन पर्ने कुरा आत्मसात गरी मैले यो कुरा उठाएको हो ।

कहिँ न कहिँ कसै न कसैले त यो कुराको उठान गर्नै पर्ने थियो, मैले गरेँ र आदरणीय नेता प्रकाशमान दाइ आउनु भएको समयमा यो कुराको उठान भएको छ ।

प्रकाशमान दाई अहिलेसम्म आर्थिक रुपमा शुद्ध र सक्षम नेता हुनु हुन्छ । उहाँलाई अमेरिका चक्कर लगाउन कुनै आर्थिक सहयोगको जरुरी पर्दैन मैले पनि ठमेल बाटै जिन्दगिको सुरुवात गरेको हुँ ।

उहाँको बारेमा राम्रै जानकारी छ, हाम्रो चाकरीको शैलीले नेताहरुलाई भ्रस्ट हुन सहयोग पुगेको छ भन्ने मेरो ठहर रहेको छ । नेताहरुले उच्च नैतिक बलका साथ यस्ता अनुचित कारोबारलाई अस्वीकृत गरी दिए हुने भन्ने पनि मेरो आग्रह हो ।

यहाँ ट्याक्सी उबर चलाउने, ग्यास स्टेशन-लिक्कर स्टोरमा काम गर्ने, सेक्युरिटी गार्डले नेता र उनका परिवारको टिकट किनेर आवत- जावत गराउनु उचित हो जस्तो मलाई लाग्दैन ।

कार्यकर्ता, शुभेच्छुकहरुसंग सुख दु:ख बाड्न नसक्ने ब्यक्ति हरु खासमा नेता हुन सक्दैन, त्यस्तो बक्ति र प्रवृतिलाई हामीले नेता मानि राख्दा न नेता सुध्रिन्छन न हामीले माया गर्ने नेपाली कांग्रेस। यो कुरा नेताहरु ले बुझे उत्तम हुने थियो तर नेता ले नबुझ्दा बुझाउनु हामी नेपाली कांग्रेसका सिपाही हरुको पनि कर्तब्य हुन जान्छ ।

कुन काममा के- का लागि आएको, एजेन्डा स्पस्ट गर्नुपर्यो । कुनै संस्थाको निमन्त्रणा वा प्रयोजनमा आएको हो भने सोहि संस्थासंग MOU हुन पर्यो र खर्च कसले व्यहोर्ने हो , प्रष्ट हुनुपर्यो ।

यदि आफ्नै खर्चमा आउने हो भने र औपचारिक रुपमा पार्टीगत कार्यक्रम हरुमा सरिक हुने हो भने, हुन पहिले पार्टीको अनुमति लिन पर्यो, होइन भने यस्ता कार्यकर्ममा भाग लिन भएन ।

कुनै संस्थाले प्रायोजन गरे त्यो संस्थाले संस्था सम्बद्द सदस्यहरुका लागि आर्थिक पाटो पारदर्शी बनाएर राख्न पर्यो, पदाधिकारीले जिम्मेवारी लिन पर्यो. जिम्मेवार ठहरयाउनुपर्‍यो ।

विभिन्न स्वार्थ समुहबाट सिर्जित समुहका चाकरीमा रम्दै नेताले त्यस्ता समूह लाई प्रोत्साहन गर्न भएन ।

नेताहरु बिदेश आउँदा ससुराली आएको जस्तो आउन भएन, पार्टीको काममा आएको नेताले आफुलाई पार्टीको सिपाही सम्झेर पार्टीलाई फाइदा पुग्ने हिसाबले साथीभाई कार्यकर्ताहरु लाई सन्देश, निर्देन गर्न पर्‍यो ।

गुटहरु उमारेर पालेर तिनले पालै पालो धुप हालेको मज्जा लिंदै गर्दा यस्तो क्रियाकलापले भोलि प्रबासमा रहेको कांग्रेसी भाईचारासंगै संगठन पनि कमजोर हुने कुरा नेताहरुले मनन गर्न सक्नु पर्छ ।

नेताहरुले कार्यकर्ता संग उपहार माग्ने वा ग्रहण गर्ने काम बन्द गर्नु पर्छ ( उपहार दिनेले कुनै न कुनै रुपमा लगानी असुल गर्छ, त्यो स्वयं नेता र दलका लागि पनि हितकर हुने छैन.)

सात समुन्द्र तरेर देश खाई शेष रहेका यस्ता कार्यकर्ताले मौका पाउना साथ पटक पटक नेताहरुलाई बेची दिन्छन । लगानी उठाउने हिम्मतका साथ त्यो लगानी भएको हुन्छ । नुन खाएका नेता ले नुनको सोझो गर्दा नेताहरु माथि पनि कालो दाग लाग्न सक्छ ।

नेताहरु एता आउँदा यहाँका साम्सद, सिनेटर, गभर्नर वा राजनैतिक दलको आफ्नो समान पदीय हैसियतको पदाधिकारी संग भेट्ने र नेपालीमुलका नागरिकहरुको हक हित ।

दुइ देश बिचको सम्बन्ध, प्रजातन्त्र/लोकतन्त्रका अनुभव का मुद्दामा छलफल गर्न सक्ने पहल गरेर त्यो हैसियत बनाएर आउन पर्यो ( मतलव अमेरिका नआउनु ).

नेपालको राजनीतिक बेरोजगारी बाट निस्केर बिदेशीएका कार्यकर्ताको मेजमान खाँदै, फोस्रा भाषण गर्दै, सेल्फी खिच्दै हिनेर संगठन बलियो हुने हैन बरु कमजोर यसकारण हुन्छ ।

नेताहरु आउँदा घुमफिर गर्ने योजना छ भने आफ्नै स्रोत साधनबाट बन्दोबस्ती मिलाएर ब्यबस्थापन गर्न पर्यो ।
साथी भाइको सहयोग जरुरी भए पारदर्शी हुने गरि संस्थागत रुपमा अनुरोध गर्न पर्यो र सके सम्म मितव्ययी तरिकाबाट सम्पन्न गर्ने गरी निर्देशन पनि दिनु पर्यो ।

होटलमा बसेको रेस्टोरेन्ट मा खाएको हिसाब किताब आफैँले तिर्न पर्यो, साथीभाई कहाँ बस्ने भए को संग बस्ने हो । सम्बन्धित पक्षसंग कुरा गरी संस्थालाई भन्न पर्यो । साथी भाईले पनि नेताको रोजाई को अधिकार लाई सम्मान गर्न पर्यो र बखेडा निकाल्न भएन ।

सामान्य लाग्ने यस्तै झिना मसिना लाग्ने कुरा ले अन्तत नेता र कार्यकर्ता बिचमा अनैतिक सम्बन्ध को बिजारोपण हुन सक्छ र भ्रष्ट आचरण तर्फ अभिमुख हुन अभिप्रेरित गर्छ ।

फलत: नेताको व्यक्तित्व, चरित्र, नैतिकता र क्षमताको मुल्यांकन येस्तै कसीबाट हुन्छ । पार्टीको हित र आफ्नो पनि दिगो र सफा राजनीतिक भविस्य चाहने नेताले यस्ता कर्मबाट बच्नै पर्छ ।

आफ्नो आर्थिक अवस्था मजबुत छ र सकिन्छ भने भ्रमण गर्नु संसार हेर्नु राम्रो कुरा हो तर अमुक सरकारी वा राजनीतिक पद र प्रतिष्ठालाई भजाएर पार्टीका शुभेच्छुक, कार्यकर्ताहरुका गोजी डाम्दै विदेश घुम्नु राम्रो हैन । यो भ्रस्ट आचरण हो ।

पार्टीका नाममा आस्थाका नाममा बिना हामीले पनि एजेन्डा आएका, पार्टीको काम बिना आएका, नेताहरुलाई बोकेर “हेर मेरो सम्बन्ध ( connection ) कहाँ कहाँ छ भनेर शक्ति देखाउने एक अर्काको बिचमा तुजुक गर्ने हर्कत बन्द गर्नु पर्छ ।

यसले न हाम्रो प्रबासको नेपाली समाज लाई हित गर्छ न हाम्रो यहाको संगठन लाई हित गर्छ न त नेपाली कांग्रेसलाई नै हित गर्छ । यहाँ आएर यहाको कानून, जीवन सैली लाई आत्मसात गरेका पसिनाको कमाइ खान सिकेका हामीले यी नयाँ नयाँ गणतन्त्र का नेताहरु लाई पनि चाकडी, चाप्लुसीको साटो नैतिक र जीवनोपयोगी कुरा सिकाएर देखाएर पठाउनु पर्ने हैन र ?अब बिभाजन हैन एक भएर कांग्रेसलाई बलियो बनाउने हैन र ?

आउनुस अब सबै हातेमालो गरौँ र संगठन लाई मजबूत बनाउँ.
जयनेपाल ।

बिश्व भट्ट हाल अमेरिका