काठमाडौं, पुस ७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम सकिएको छ । गत मंसिर २९ गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा आजसम्म बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव बिष्णु पौडेल र
रामबहादुर थापा बादलसहित सवै नेताले आफ्नो धारणा राख्नुभएको छ ।
बैठकपछि महासचिव बिष्णु पौडेलले जारी गर्नुभएको बिज्ञप्तीअनुसार सवा तीन घण्टा बसेको आजको बैठकमा पाँच जना नेताले आफ्नो धारणा राख्नुभएको छ । बैठकमा नेताहरु माधव नेपाल, झलनाथ खनाल, रामबहादुर थापा बादल, बिष्णु पौडेल र गिरीराजमणि पोखरेलले आफ्नो धारणा राख्नुभएको हो । उहाँहरुले आफ्नो धारणाा राखेसँगै बैठकमा नेताहरुले बोल्ने क्रम सकिएको छ । यसपटकको बैठकमा स्थायी समितिका सवै नेता बोल्नुभएको छ ।
गत मंसिर २९ गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा आजसम्म बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव बिष्णु पौडेल र रामबहादुर थापा बादलसहित सवै नेताले आफ्नो धारणा राख्नुभएको छ, उहाँहरुले आफ्नो धारणाा राखेसँगै बैठकमा नेताहरुले बोल्ने क्रम सकिएको छ । यसपटकको बैठकमा स्थायी समितिका सवै नेता बोल्नुभएको छ ।
बैठकमा परराष्ट्र मन्त्रीसमेत रहनुभएका नेता प्रदीप ज्ञवालीले विदेशमन्त्रीको हैसियतमा आफ्नो अमेरिकाको औपचारिक एवं सफल भ्रमणका सम्बन्धमा बैठकलाई जानकारी गराउनुभएको छ । ज्ञवाली गत पुस २ गते अमेरिका भ्रमणमा गई पुस ३ गते अमेरिकी समकक्षीसँग भेटबार्ता गर्नुभएको थियो ।
आजको बैठकले हिजो अपरान्ह शैक्षिक अवलोकन गरेर फर्कनेक्रममा दाङको राम्री भन्ने स्थानमा बस दुर्घटनामा परी दुखद निधन हुनेहरुप्रति भावपूर्ण श्रदान्जली ।