काठमाडौँ, १५ मङ्सिर २०७५ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको लागि न्याय माग गर्दै शनिबार राजधानीको माइतीघरमा प्रदर्शन भएको छ ।

‘जस्टिस फर निर्मला’ अभियानको अगुवाइमा स्वतस्फूर्त प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागिहरुले ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएका पोस्टर बोकेका थिए भने हत्यामा संलग्नलाई कारबाही गर्ने दवाव दिने खालका अन्य प्लेकार्ड पनि बोकेका थिए ।

प्रदर्शनका क्रममा उनीहरुले गृहमन्त्रीविरुद्ध चर्को नाराबानी गर्दै राजीनामासमेत माग गरेका थिए ।

राजधानीमा एसिया प्यासिफिक समिटको कारण देखाएर प्रहरीले प्रदर्शन रोक्न खोजेपनि सहभागीहरूले माइतिघर मण्डलामा भेला भएर नाराबाजी गरेका हुन् ।

ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हुने भन्दै निर्मलाका लागि न्याय माग्दै स्वतःस्फूर्त रूपमा आयोजित र्‍याली माइतीघरदेखि बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको छ।

निर्मलाको गत साउन ११ गते बलात्कारपछि हत्या भएको थियो । तर सरकारले अझैं पनि दोषीलाई कठघरामा ल्याउन सकेको छैन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्