कञ्चनपुर, असोज १३

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे सरकारद्वारा गठित उच्च स्तरिय छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्ने माग राखेर महिला अधिकारकर्मी पुनः आन्दोलित भएका छन् ।

शनिबार बिहानदेखि अधिकारकर्मी मिना भण्डारीको नेतृत्वमा गठित नागरिक संघर्ष समितिले भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको भेटघाट चौतारीमा रिले अनसन थालेका हुन ।

नागरिक संघर्ष समितिका संयोजक भण्डारीले घटना भएको दुई महिना बितिसक्दा पनि वास्तबिक हत्यारा पहिचान नभएकाले बाध्य भएर पुनः आन्दोलन थालेको बताउनुभयो । ‘सरकारलाई दवाब दिन हामी निरन्तर रिले अनसन गछौँ, ‘ भण्डारीले भन्नुभयो, ‘प्रतिवेदन सार्वजनिक नहुन्जेलसम्म आन्दोलन जारी राख्छौँ ।’

अधिकारकर्मी एवं कञ्चनपुरकी महिला नेतृ माया नेगीले सरकारले नै दोषिलाई संरक्षण दिइराखेको आरोप लगाउनु भयो । उहाँले सरकारको लार्पवाही र ढिलासुस्तीका कारण घटना तोडमोड गरिएको जिकिरसमेत गर्नुभयो । ‘यो सरकार न्याय दिनेवाला छैन्, ‘नेगीले भन्नुभयो, ‘प्रमाणनष्टदेखि दोषि बचाउँदै निर्दोषलाई फसाउन तल्लिन थियो ।’

कञ्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले निर्मला हत्याकाण्डको बिषयमा न्यारोडाउन विधिबाट अनुसन्धान भइरहेको बताउनु भएको छ । शुक्रवार मात्रै डिएनए रिपोर्ट कञ्चनपुर प्रहरीले प्राप्त गरेको जानकारी पनि एसपी कडायतले दिनुभएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्