ललितपुर, ७ असोज २०७५ । नारायण रायमाझी र सिन्धु मल्लको स्वरमा करिब १४ वर्षअघि रिमा रेकर्डिङले बजारमा ल्याएको थियो “लाइछेउ बेसन” गीत । उक्त गीत भर्खर भर्खर परिवर्तन हुँदै गरेका युवा युवतीलाई लक्षित गरेर बनाइएको गीत थियो । त्यही गीत अनुसारको जमाना अहिले गीतसँग मेल खाँदै गरेको अवस्थामा गायक नारायण रायमाझीले पुन नयाँ भर्सनमा दर्शक स्रोता माझ लिएर आउनु भएको छ ।

समाजमा भए गरेका विकृतिलाई लक्षित गर्दै आएको गीत यतिखेर सबैले मन पराएकै कारण ट्रेन्डिङमा समेत पर्न सफल भएको छ । यतिखेर ३ नम्बरमा ट्रेन्डिङमा रहेको सोहि गीतलाई नयाँ एरेन्जमेन्टमा तयार पारिएको छ ।
गायक रायमाझीले नयाँ भर्सनमा भने मेलिना राई संग गाउनु भएको छ । पहिला वरिष्ठ कलाकार प्रेमदेव गिरी र पप्पु पुनको अभिनय रहेको यस गीतमा अहिले भने नयाँ अनुहारको जमात नयाँ रुपमा प्रस्तुत भएका छन् ।

नारायण रायमाझीको लय, रमेश बिजीको शब्द रहेको गीतमा लय पुरानै छ तर पुनः नयाँ एरेन्जमेन्टमा बीबी अनुरागीले समेत स्वर दिएका छन् ।

भिडियोमा निर्देशन तथा कोरियोग्राफी विवेक खड्का र विन्दु खड्काले गरेका छन् । शेरबहादुर गुरुङ, मनोज खड्का, मिराज अर्याल, सुमित्रा तामाङ, पूजा महर्जन, मिरा खड्का, विकास गुरुङ, रोजिना गुरुङ, सुनिल घतानी लगायतका कलाकारहरुको जमघट रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्