काठमाडौं, बिहिबार, २९ असोज २०७७ । नेपाल सरकारका नव-नियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरु विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पौडेललाई अर्थ, कृष्ण गोपाललाई शहरी विकास र लीलानाथलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गरेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्