काठमाडौं, पुस २० । नयाँ शक्ति नेपालले वाइडबडी विमानमा व्यापक भ्रष्टाचार भएको ठहर गर्दा पनि राष्ट्रलाई टाट पल्टाउने र घोटालालाई राजनीतिक ढाकछोप गर्ने प्रयत्न भइरहेको आरोप लगाएका छन् ।

विहिवार नयाँ शक्ति पार्टीका सामाजिक–राजनीतिक परिचालन समिति संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दे दोषीलाइ कारबाही नगरे सशक्त संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् ।

नयाँ शक्तिले वाइडबडी खरिदमा भएको ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचारका दोषीलाइ एक मिनेट पनि पदमा रहने नैतिक अधिकार नभएको बताउदै संसदीय उपसमितिबाट दोषी ठहर भएका मन्त्रीहरू, सचिवहरू र निगमका महाप्रबन्धकलाई कारबाही हुनुपर्ने माग गरेको छ ।

‘कुनै पनि बहानामा छानबिन उप–समितिको सिफारिश र ठहरलाई उल्टाउने दुष्प्रयास नगरी वाइडबडी विमान खरिद मिलेमतो र अनियमितताको अझै गहीरो छानबिन गरी सम्पूर्ण दोषीहरुमाथि सिघ्र कडा कार्वाहीको माग गर्दछौँ । दोषीहरुलाई बचाउने दुस्प्रयास कतैबाट भएमा पुनः संघर्षमा उत्रन बाध्य हुने ब्यहोरा समेत जानकारी गराउँछौँ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्