गोरखा, २३ पौष २०७५ । चेपे आदर्श युवा क्लब र पालुङटार नगरपालिका-५ गैडा बगरको आयोजनामा दोस्रो ऐतिहासिक चेपेघाट जात्रा २०७५ हुने भएको छ । पालुङटार नगरपालिकाका नगर प्रमुख ई. दिपक बाबु कंडेलले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

माघ ३० गते बेलुका लोप हुन् लागेको झाक्री नाच सहित पुजाआजा गरिने भएको छ ।

पृथ्वी गुरुङ, चिना थापा मगर, पारु गुरुङ, आशिका गुरुङ, होम गुरुङ, बिकाश रम्तेल, प्रेम बस्याल लगायत ख्याति प्राप्त रास्ट्रिय कलाकारहरुको बिजोड प्रस्तुति रहने उक्त चेपेघाट जात्रामा नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता लगायत बिबिध साँस्कृतिक कार्यक्रम यहि माघ १ गते पालुङटार नगरपालिका-५ चेपे दोभान, चेपे घाटमा हुने आयोजकले जनाएको छ ।

नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्रतियोगीलाई दश हजार नगदराशी सहित मेडल र प्रमाण-पत्रले सम्मान गरिनेछ, त्यसैगरी द्धितीय स्थान हासिल गर्ने प्रतियोगीलाई पाच हजार नगदराशी सहित मेडल र प्रमाण-पत्रले सम्मान गरिनेछ । त्यसैगरी, छेलो प्रतियोगितामा प्रथम पुरस्कार पाच हजार नगदराशी सहित मेडल र प्रमाण-पत्रले सम्मान गरिने चेपे आदर्श युवा क्लबका अध्यक्ष बुद्ध राम गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले यहि माघ १ गते मंगलबार बिहान १० बजेसम्म टिम दर्ता गराइसक्नु पर्ने आयोजले जनाएको छ ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्